काठमाडौं । आज शेयर बजार २३ अंकले घटेर २,६३९ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज २१९ वटा कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत स्किम १ का इकाईधनीले कमाएका छन् । यी इकाईधनीले ९ दशमलव ९० प्रतिशतका दरले कमाएकाा हुन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । निफ्राका इकार्यधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।