काठमाडौं । रेमिट्यान्स लिन जादा अवदेखि सक्कल नागरिकता/राहदानी/ नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र अनिवार्य लिएर जानु पर्ने भएको छ । रेमिट्यान्स कारोबार गर्ने बैंक वित्तीय संस्थाले नागरिकता तथा परिचयपत्रको प्रतिलिपिकै आधारमा भुक्तानी गर्दै आइरहेका थिए । अवदेखि यस्ता संस्थाले सक्कल परिचयपत्र समेत माग्नेछन् ।
नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरुलाई रेमिट्यान्स भुक्तानी गर्दा सम्बन्धित व्यक्तिको सक्कल नागरिकता/राहदानी/नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडी सहिछाप समेत गराएर रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।