काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५३ अंकले घटेर २,६६२ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज ४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।