काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङ लिमिटेडको चौथो वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिबाट सिफारिस भए हाल कायम चुक्ता पूँजीको ४२ दशमलव ८६ प्रतिशत बोनश र कर प्रयोजनका लागि १० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
त्यसैगरी सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालक समितिको पनर्गठन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा छ ।