Connect IPS
IME Life

नेपाल बंगलादेश बैंकको १५.५० प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकले १५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । उक्त लाभांश शेयर बिक्री गरेर बाहिरिने अन्तिम चरणमा रहेको बैंगलादेश बैंकले पनि प्राप्त गर्ने छ ।

Prabhu
Crest

बैंकले प्रस्ताव गरेको लाभांश ५ वर्ष यताकै अधिकतम हो । निक्षेप तथा कर्जा लगानी तथा अन्य सूचकमा धेरै तल रहेको नेपाल बंगलादेश बैंकले यस वर्ष राम्रो मुनाफा आर्जन गर्न सफल भएको थियो । शेयर बिक्री गरेर मुनाफा बढाएको बैंकले लाभांश पनि राम्रै प्रदान गर्न लागेको हो ।

बैंकले विगतमा वितरण गरेको लाभांश 

17e68897b7087ee1a14aaf8797fff520

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS