काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा आज असोज २३ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने जनाएको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गते बन्द गरिसकेको छ । त्यसकारण असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश लिन तथा साधारण सभामा भाग लिन सक्नेछन् ।
सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले उक्त विषय राष्ट्र बैंकलाई जानकारी दिने कम्पनीले जनाएको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।