काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको आईपीओ एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गर्नका लागि असोज ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्काशन गर्नेछ ।