काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाका सञ्चालक दिब्यतारा तुलाधरले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले तुलाधरले दिएको राजिनामा स्वीकृत गरेको छ ।
उनको राजिनामा पछि रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी विणा श्रेष्ठलाई नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।