काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सुखड शाखाको आयोजानामा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम वाशिश्टा होटेल सुखडमा सम्पन्न भएको हो । बीमा व्यावसाय अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख जगदीश प्रसाद भट्ट, एरिया ब्रान्च मेनेजर रबिद्र हमालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा आथिृक वर्ष २०७७/७८ मा सुखाड शाखाबाट सेल्फ बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय हेम राज चौधरी र तृतीय स्थान प्राप्त गर्ने दिपेन्द्र बहादुर रावल लाई सम्मानित गरिएको जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सुखड शाखाबाट समुह बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय लाल बहादुर धामी र तृतीय स्थान प्राप्त गर्ने भागरथि कुमारी भट्टराई सम्मानित भएका हुन् ।
कम्पनी तथा बीमा व्यावसाय वृद्धि तथा बीमा जनचेतना जगाउन अभिकर्ताको मुख्य भुमिका रहेको सुखड शाखाका शाखा प्रमुख धन सिंह धामीले जानकारी दिए ।