Connect IPS
IME Life

बुद्धभुमि नेपालको आइपीओ बाँडफाँड सम्पन्न, ७४ हजार ४ सय जनाले हात पारे १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान शेयर बाँडफाँड भएको जनाएको छ ।

आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् ।

Prabhu
Crest

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

आइपीओमा अन्तिम दिन २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २१ लाख ११ हजार ८१९ जना आवेदकहरुबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन परेको हो । जुन मागभन्दा ३५ दशमलव ६६ गुणा बढी आवेदन हो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु तथा अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँड गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS