Connect IPS
IME Life

हिमालयन उर्जा विकासको दुई आर्थिक वर्षको साधारण सभा कात्तिक २४ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २०औं र २१औं वार्षिक साधारण सभा कात्तिक २४ गते हुने भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्ष तीनकुने, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष  २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा(नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।

त्यसैगरी साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेका लगायतका विविध प्रस्ताव पारित हुनेछ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS