काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १२ दशमलव ९१३ प्रतिशत बोनश शेयर पछिको शेयरमुल्य समायोज गरेको हो । समायोजननपछि बैंकको शेयर मूल्य ३५२ रुपैयाँ कायम भएको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयर मूल्य ३९८ रुपैयााको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आथिृक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनश शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।