काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले चार्डपर्वको सुबिसु “दक्षिणा अफर” ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्ने छन् । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ ।