काठमाडौं । स्यार्पू पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा कात्तिक १५ गते हुने भएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा समन्वय समितिको सभाहलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी थप गर्ने प्रस्ताव पारित हुनेछ ।
त्यसैगरी सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताहरु पारित हुनेछन् ।