Connect IPS
IME Life

किन सुधारियो दशैंको मुखमा शेयर बजार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैंको मुखमा शेयर बजार सुधारिएको छ । अन्तिम दुई दिनमा ९० अंकको सुधारले लगानीकर्तामा आशा पलाएको छ । एकोहोरो ओरालो झरेको शेयर बजारमा ब्रेक लागेर सुधार हुन थाले सँगै दशै अगाडी केहि राहात मिलेको छ ।

बजार जति तल झर्छ त्यति नै बैंकहरुको मार्जीन कलले आतङ्कित लगानीकर्तालाई केहि सकारात्मक बनाएको छ । बैंकिङ तरलता र व्याजदरले बजार ओरालो झरेको हो । तर यस साता निक्षेपमा देखिएको सुधार सँगै बैंकिङ तरलता पनि केहि समाधान हुने संकेत देखिएको छ ।

Prabhu
Crest

यदि असोज ३१ गतेसम्ममा निक्षेप बढ्यो भने बैंकहरुले तत्काल व्याजदर बढाउन सक्ने छैनन् । गत भदौ ३१ गते बाणिज्य बैंकहरुले असोज महिनाका लागि जारी गरेको निक्षेपको व्याजदर बढेकाले आधार व्याजदर बढेको छ । आधार व्याजदर बढ्दै गर्दा स्वभाविक रुपमा कर्जाको व्याजदर बढ्छ । यसले गर्दा केहि लगानीकर्ताहरु असोज ३१ गते पछि मात्रै बजारमा प्रवेश गर्ने मनस्थितिमा छन् । तर तरलता सहज हुने भेउ पाएका लगानीकर्ताहरुले भने यस सातामा राम्रो लगानी गरेका छन् ।

यस साताको सुधारमा राजनीतिक कारण पनि एक हो । मन्त्रिपरिषद विस्तार सँगै लगानीकर्ताको मनोविज्ञान बढेको छ । सरकारले गति नलिदा राजनीतिक अन्योलता बढेको हो । अन्योलता केहि हदसम्म हटेको छ ।

सञ्चार माध्यममा गभर्नर महाप्रसाद अधिकारीले पहिलो त्रैमासिक समिक्षामा ४/१२ को शेयर धितोकर्जाको सिमा संसोधन गर्ने हल्ला चलेको छ । यो हल्लाले पनि शेयर बजार सुधारमा केहि सपोर्ट गरेको हो ।

शेयर बिक्री गरेर बाहिरिएका इम्पोर्टरहरुले पनि विस्तारै शेयर खरिद गरिरहेका छन् । दशै तिहारको सामान आयात गरि बजारमा बिक्री गरिरहेका यस्ता इम्पोर्टरको हातमा अहिले पैसा छ । बजार सुधार हुने संकेत देखिने वित्तीकै उनिहरु पनि बजार प्रवेश गर्ने छन् ।

यदि नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षामा शेयरधितोकर्जाको सिमा र सिडी रेसियोलाई खारेज गरिदियो भने बजार पुनः उचालिने जानकारहरु बताउछन् । यसका लागि ठुलै लगानीकर्ता अर्थमन्त्री मार्फत लविङ गरिरहेका छन् । सोही लविङ पछि यस साता उद्योगीहरुको संघ संगठन, शेयर लगानीकर्ताका संघ संगठनले मिडियावाजी गर्न भ्याइसकेका छन् । बजार बढाने प्रपञ्चका साथ जारी गरिएका उक्त प्रेश विज्ञप्तीले पनि बजारमा केहि सपोर्ट गरेको पाइन्छ । त्यसमा पनि यदि राष्ट्र बैंकले उक्त व्यवस्थामा केहि परिवर्तन गरिदियो भने आफुले गर्दा यस्तो व्यवस्था हटाइएको भन्दै मिडियावाजी गर्नका लागि पनि उनिहरु सक्रिय छन ।

अहिलेको अवस्थामा असोज ३१ गते पछाडीको तरलताको अवस्था के हुने र बैंकिङ व्याजदर कसरी बढ्छ भन्ने कुराले लगानीकर्तामा संका छ । अर्को तर्फ राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षामा कत्तीको  संवोधन गर्ला भन्ने संका कायमै छ । यदि राष्ट्र बैंकले संवोधन गर्यो भने पुनः शेयर बजार उकालो लाग्नेछ । तर संवोधन भएन भने बजारले तत्काल गति लिन सक्ने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS