IME Life
GBIME

बुद्धभुमि नेपालको आइपीओ प्रि-अलोटमेन्ट सम्पन्न, शुक्रबार बाँडफाँड हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपीओ प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज ३ बजे प्रि अलोटमेन्ट सम्पन्न भएको हो । आइपीओ बाँडफाँड यसै साताको शुक्रबार ११ बजेभित्र हुने बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

Crest

आइपीओमा अन्तिम दिन २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २१ लाख ११ हजार ८१९ जना आवेदकहरुबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन परेको हो । जुन मागभन्दा ३५ दशमलव ६६ गुणा बढी आवेदन हो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु तथा अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS