काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २,६८१ दशमलव ११ को विन्दुमा कायम भउको छ । आज १८० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५ वटा कम्पनीको मुल्य मात्र घटेको छ । अज सबै उपसूचक बढेका छन् ।
आज १२ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स प्रोग्रेशिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका १२ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
त्यसैगरी रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ दशमलव १६ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले १ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन् ।