काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २,६८१ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ५० करोड ६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटिजन्स बैंकको शेयर कारोबार भएको छ । आज बैेंंकको २३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।