काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजारको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९ सय १५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।