काठमाडौं । सबैको लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २० करोड ६० लाख २७ हजारको ३१ दशमलव ०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजन सहितको लागि १ दशमलव ६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९ सय ८६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरि कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।