Connect IPS
IME Life

विदेशी मुद्रामा ऋण लिने प्रयोजनका लागि ५० हजार डलरसम्मको स्ट्याण्डबाइ लेटर अफ क्रेडिट जारी गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा आम्दानी गरेका नेपाली फर्म/कम्पनी/संघ/संस्था/निकायहरुलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि अधिकतम ५० लाख अमेरिकी डलरसम्मको बैंक ग्यारेण्टी वा स्ट्याण्डबाई लेटर अफ क्रेडिट प्रदान गर्न पाउने व्यवस्था गरेको छ ।

बैंक ग्यारेण्टी वा स्ट्याण्डबाई लेटर अफ क्रेडिटको अधिकतम सीमा अमेरिकी डलर ५० लाख वा सो बराबरको अन्य विदेशी मुद्रा हुनेछ । त्यस्तो सीमा बैंक ग्यारेण्टी वा स्ट्याण्डबाई लेटर अफ क्रेडिटको निवेदकको पछिल्ला ५ आर्थिक वर्षहरुभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राभन्दा बढी हुने छैन । विदेशमा लिइने ऋण रकम भन्दा बढी हुने छैन ।

Prabhu
Crest

बैंक ग्यारेण्टी वा स्ट्याण्डबाई लेटर अफ क्रेडिट जारी गरी विदेशी ऋण लिनु पर्ने आवस्यकता पुष्टि हुने कागजात पेश गर्नु पर्नेछ । फर्म, कम्पनी, संघ, संस्था दर्ता प्रमाणपत्र र करदर्ता प्रमाणपत्र आवस्यक पर्नेछ । कर चुक्ता प्रमाणपत्र वा कर विवरण बुझाएको प्रमाण पेश गर्नु पर्ने हुन्छ । पछिल्लो लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ । सञ्चालक समिति वा अख्तियार प्राप्त अधिकारीबाट त्यस्तो सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पुर्ण जिम्मेवारी लिने स्वःघोषणा गर्नु पर्नेछ । विदेशी मुद्रा आम्दानी भएको सम्ब्नधी प्रमाण समेत आवस्यक पर्नेछ ।

विदेशमा कारोबार गरेबापत नेपालमा थप विदेशी मुद्रा भित्रिने सम्ब्धी कार्ययोजना समेत पेश गर्नु पर्ने हुन्छ । यस्तो सटही सुविधा लिएपश्चात विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण समेत पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS