काठमाडौं । सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे ।
मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
हालसम्म सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ शाखा कार्यालय तथा ९७ वटा एटिएम संचालन गरी आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।