काठमाडौं । आज शेयर बजार ४१ दशमलव ८४ अंकले बढेर २,६१२ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै मल्टिपर्पोस फाइनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । रिलायन्स लाइफका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।