Connect IPS
IME Life

नेप्से परिसूचक ४१ अंकले बढ्दा २ अर्ब ९९ करोडमाथिको शेयर करोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजो ६ अंकले घटेको बजार आज फेरी उकालो लागेको हो । ४१ दशमलव ८४ अंकले बढेर २,६१२ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।

आज १७२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २२३ वटा कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँको शेयर करोबार भएको छ । शिखर इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज मेरो माइक्रोफाइनान्स कम्पनीको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँको शेयर कारोेबार भएएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पोस फाइनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । रिलायन्स लाइफका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS