काठमाडौं । अनलाइन इ कमर्स कम्पनी ग्यापुले नेपालीहरूको महान चाड दशैँ तिहारको अवसर पारेर दशैँ तहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि सुरु भएको यस अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।
यस योजना अनुसार ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बम्पर उपहारमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ । यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुने जनाएको छ ।
यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्ने र ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
एनसीसी बैंकको डेभिड र क्रेडिटरएनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।