काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीमा ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असोज १८ गते सम्पन्न २६ औं वार्षिक साधारण सभामा भएको संस्थापक समुहतर्फ ३ जना तथा सर्वसाधारण समुहतर्फ घ जना गरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
सभाबाट संस्थापकतर्फ प्रेम बहाादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका हुन् भने सर्वसाधारण तर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।