काठमाडौं । सिभिल बैंकले दशैं बिदामा पनि आफ्ना विभिन्न शाखा कार्यालयहर खुला गरी ग्राहहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंंकले एक सूचना जारी गर्दै दशैँ विदामा खुला रहने काउन्टरको सुची सार्वजनिक गरेको छ । जस अनुसार बैंकले घटस्थापना, फूलपाती, अष्टमी, नवमी, दशमी, र एकादशीको दिनमाखुदा रहने शाखा कार्यालयहरुको स्थान र समय सार्वजनिक गरेको छ ।
दशैंको पर्वमा पनि आफ्ना ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यले बैंकले ग्राहकलाई पायक पर्ने शाखा कार्यालय खुला गर्ने जनाएको छ ।