काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ पक्राउ गरेको हो ।
उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीलगायत सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।