काठमाडौं । आज शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २,५७० दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ६९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज होटल्स एण्ड टुरिजम,माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।
आाज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ११ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ९ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।