काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा दिनेशराज जोशी नियुक्त भएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
संस्थापक शेयरधनी समूहतर्फको रिक्त पदमा बाँकी अवधिका लागि जोशीलाई नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।