Connect IPS
IME Life

प्रभु क्यापिटलले ल्यायो डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा डबल धमाका अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने र निःशुल्क शेयर बजार सम्बन्धी विशेषज्ञ तालिम लिन सकिने छ ।

क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यस योजना अन्तर्गत छनौट गरिने छ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसकेपछि १९९ मा २५ प्रतिशत टिडिएस कटाएर बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने जनाएको छ ।

Prabhu
Crest

यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजार सम्बन्धी आधारभुत तालिम प्रदान गरिने छ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्ने बताइएको छ ।

यस योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ र यस योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।

दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS