Connect IPS
IME Life

शेयर बजार नेप्से परिसूचक ५५ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार शेयर बजार ५५ दशमलव ९३ अंकले घटेर २,५७७ दशमलव ५० को विन्दुमा कायम भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । सबैको लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुह्ेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकताल्े पनि ९ दशमलव १३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS