काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते गर्ने भएको छ । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले बताएको छ ।
सभाले आथिृक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको प्रतिवेदन सहित सोही अर्थिक वर्षको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा छन् ।
त्यसैगरी सभाले लेखा परिक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७७ /७८ को लागि खेखा परिक्षक नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।