काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज १६ गते होटल रुबस कैलालीमा सम्पन्न भएको हो ।
सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई युनिक लघुवित्त वित्तीय संस्थामा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गरेको हो ।
ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको थियो ।