काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवतरण उपर छलफल गरी पारित गर्ने प्रस्ता पेश हुनेछ ।
त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा पशे गरी पारित गर्ने कम्पनीले जनाएको छ ।