Connect IPS
IME Life

साहस उर्जाको आईपीओ पर्यो कि परेन? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने दिउँसो  १२ बजेपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार साहस उर्जा लिमिटेडको वेबसाइट https://sahasurja.com/ बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

आज भएको बाँडफाँडमा ६ लाख ४४ हजारले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारण समुहको ७० करोड रुपैयाँ मध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषहरुले प्राप्त गरेका छन् ।

कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरुलाई बाँडफाँड गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । सर्वसाधारणका लागि आह्वान गरिएको उक्त शेयरका लागि २३ लाख ८३ हजार ४६० जनाको योग्य आवेदन परेको थियो । विभिन्न कारणले ११ हजार ९९६ जनाको आवेदन रद्द भएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । योग्य आवेदकबाट तीन करोड १३ लाख कित्ताको आवेदन परेको थियो । कम्पनीले गोलाप्रथाबाट ६ लाख ४४ हजार जनालाई चयन गरेको हो ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS