काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जनाएको छ ।