काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भए पछि लगानीकर्ताले पाउनेछन् ।