Connect IPS
IME Life

सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना, १० लाखसम्मको बीमा सुविधा पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले यस योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १० दमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । यस योजना आश्विन १ गतेदेखि लागू हुनेछ ।

जस अन्तर्गत योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म ब्याजदर दिइरहेको बैंकले जनाएको हो ।

Prabhu
Crest

बैंकका अनुसार यस बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण ग्राहकलाई प्रदान गरिने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS