IME Life
GBIME

असोज १७ गतेदेखि प्रभु बैंकले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । असोज १७ गतेदेखि प्रभु बैंकले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Crest

उक्त शेयरको न्यूनतम मूल्य रू। २०५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक १ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा खाल्ने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS