काठमाडौं । आज दिनभरिमा २२९ वटा कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।