काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २२ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ दशमलव ९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।