काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।