Connect IPS
IME Life

बाणिज्य बैंकहरु कर्जा विस्तारमा थप आक्रामक, सातामा ८ अर्बले निक्षेप बढ्दा कर्जा प्रवाह ३१ अर्ब !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरु कर्जा विस्तारमा थप आक्राम देखिएका छन् । राष्ट्र बैंकले सिडी रेसिइलाई कार्यान्वयन गर्दा थप कर्जा विस्तार गर्न नसक्ने अवस्थाका बैंकहरु पनि कर्जा विस्तारमा आक्रामक देखिएका हुन् । आक्रामक कर्जा विस्तारले आगामी दिनमा तरलता अभाव थप चुलिने देखिन्छ ।

Prabhu
Crest

असोज पहिलो सातामा बाणिज्य बैंकहरुले ८ अर्बले निक्षेप बढाउदा कर्जा प्रवाह ३१ अर्बले विस्तार गरेका छन् । असोज पहिलो साता सम्ममा बाणिज्य बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ खर्ब तीन अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । भदौ महिनामा पनि बाणिज्य बैंकहरुले ३८ अर्बले निक्षेप बढाउदा एक खर्ब ८ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका थिए ।

यस अवधिमा व्यवसायीहरुले दशै, तिहार र छठ पर्वका लागि आवस्यक सामान आयातका लागि कर्जा लिएका थिए । यस अवधिमा वैदेशिक रोजगारी तथा अध्ययनका लागि गएका नेपालीले पठाउने रेमिट्यान्समा पनि कमि आएको छ । निक्षेपको सुधार सुस्त छ तर कर्जा विस्तार आक्रामक भएकोले बजारमा तरलता चुलिदै गएको छ ।

कोभिड १९ का कारण कर्जा पुनर्तालिकिकरण तथा व्याज पूँजीकरणको सुविधाले पनि कर्जा विस्तार धेरै देखिएको हो । कोभिड १९ का कारण सुस्त रहेको व्यापार व्यवसायले विस्तारै गति लिने क्रमले पनि बैंकिङ कर्जा बढेको हो । बाणिज्य बैंकहरुको आक्रामक कर्जा विस्तारले पनि नेपालको अर्थतन्त्र सुधार हुन थालेको संकेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS