Connect IPS
IME Life

विराटनगर उडेको बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो, काठमाडौं फर्काएर सुरक्षित अवतरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्काइएको छ । जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि जहाज विराटनगरमा अवतरण गर्न कठिनाइ भएको थियो ।

जहाज काठमाडौं फर्काएर झण्डै दुई घन्टा आकाशमा होल्ड गरेर प्राविधिक इन्जिनियरसँग कुरा गरी जहाजको फ्युल सकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो ।

Prabhu
Crest

जहाजमा चालक दलका सदस्यसहित ७७ जना यात्रु रहेका थिए। जसमा ६८ जना वयस्क, दुई जना बालबालिका, तीन शिशु र चार उडान दलका सदस्य रहेका थिए। सबै यात्रु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको हो ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS