काठमाडौं । नबिल इक्विटी र ब्यालेन्सड फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनका लागि लागि भोलि असोज ११ गते बुक क्लोज गरेकोले आज असोज १० गतेसम्म कायम इकाईधनीले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् ।
आर्थिक वर्ष ७७/७८ को नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।