काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आगामी असोज २४ गते साधारण सभा बोलाएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सभामा सो लाभांश पनि पारित गर्नेछ ।
कम्पनीले बोनश शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०।५० अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ । सो प्रस्ताव सकेत पारित हुनेछ ।