काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । यस कम्पनी र यस कम्पनीसँग मर्जर भइ आएको (साविकको एभरेष्ट फाइनान्स) ले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।
कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष भन्दा बढी अवधिका लाभांश शेयरधनीले बुझिलिन नआएकाले आफ्नो परिचयपत्र सहित लाभांश लिन आग्रह गरेको हो ।
शेयरधनीहरुले उक्त लाभांश सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने छन् ।
उक्त समयभित्र लाभांश लिन शेयरधनी नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ (६) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।