Connect IPS
IME Life

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङ्गको लागि साझेदारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग  दिगो  बैंकिङ्ग अन्तर्गत  उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

साझेदारी सम्झौतामा नबिल बैंकको  तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको  तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले हस्ताक्षर  गरेका छन् । उक्त साझेदारी मार्फत  गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै  नबिल बैंकको  बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको  दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्  ।

गल्छी शाखालाई नबिल दिगो बैंकिङ्गको  पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग  गाउँपालिकाको  विकास ररोजगारी सिर्जनामा संगै हातेमालो  गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको  बताउनु भयो  । उक्त कार्यक्रममा दिगो बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकको  बाग्मती प्रदेश अन्तर्गत  स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो  बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा , गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको  उपस्थिती थियो  ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको  दिन नबिल दिगो  बैंकिङ्गको  सुरुवात गरेकँ हो । सरकारको  दिगो  बिकासको  लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित  गरि दिगो  बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो  । कार्यक्रम अन्तर्गत  बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको  छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच  न्युन भएका वर्गलाई कृषि क्षेत्रको  व्यवसायिकरण र उद्यमशिलता विकासको  लागि ल्याएको कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको  छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS