Connect IPS
IME Life

बीमा सम्बन्धी अध्ययन गर्ने संस्था नपाए पछि प्रस्ताव आह्वान नै रद्द !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले नेपालमा बीमा व्यवसायको विस्तृत अध्यय गरि प्रतिवेदन तयारका लागि विभिन्न संस्थाहरु सँग प्रस्ताव आह्वान गर्दा एउटा पनि उपयुक्त आवेदन नपरेपछि प्रस्ताव आह्वान नै रद्द गरेको छ ।

समितिमा एउटा मात्रै आवेदन परेको थियो । तर उक्त आवेदन प्रयाप्त नभए पछि हाललाई उक्त सूचना रद्द गरिएको समितिले जनाएको छ । दर्ता हुन आएका प्रस्तावकहरुलाई पनि आफ्नो प्रस्ताव फिर्ता लिन अनुरोध गरिएको छ ।

Prabhu
Crest

समितिले साउन २८ गते पहिलो पटक नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताको लागि चाल्नु पर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न यस क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था प्रतिष्ठानहरुका लागि प्रस्ताव आह्वान गरेको थियो ।

गत असोज एक गते पनि आजसम्मको लागि आह्वान गरिएको थियो । तर आजसम्म उपयुक्त आवेदन नपरेपछि अध्ययन प्रकृयाँ अगाडि नबढ्ने भएको हो ।

बीमा समिति आफैले अध्ययन गर्दा कमिकमजोरीहरु थाहा नहुने भन्दै स्वतन्त्र र विज्ञहरु मार्फत बीमा क्षेत्रको अध्ययन गर्न खोजेको हो । यसरी अध्ययन गर्दा बीमाको वास्तविकता थाहा हुने र सोही आधारमा  नीतिनियम बनाउन सजिलो पर्ने समितिले जनाएको छ ।

नेपालमा अध्ययन अनुसन्धान गर्ने व्यक्ति तथा संस्थाहरुको कमि हुँदा यस्तो अवस्था शिर्जना भएको हो । अध्ययन अनुसन्धानका लागि बीमा क्षेत्रमा लामो समय काम गरेकाले मात्रै सक्छन् । चार्टर्ड एकाउण्टेन्ट, एक्चुअरी, सर्भेयर लगायतले यस क्षेत्रको वास्तविक अध्ययन गर्न सक्छन् । गणित विज्ञान स्कुलले यस वर्षदेखि स्नातकोत्तर तहमा डाटा साइन्सको अध्यापन सुरु गरेको छ । यसबाट उत्पादन भएका जनशक्तिले पनि भोलिका दिनमा बीमा क्षेत्रमा राम्रो अध्ययन अनुसन्धान गर्न सक्छन् । तर अहिले नै प्रस्ताव हाल्ने व्यक्ति नहुँदा समितिले समय थप गरिरहनु परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS